Logo

माधव पक्षले भन्यो : ओलीको एकता प्रस्तावमा फस्दैनौं, अदालतमा गरेको हस्ताक्षर फिर्ता लिन्नौं



काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता विरोध खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले आज आह्वान गरेको एकता प्रस्ताव जालझेलमात्रै भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा खतिवडाले ओलीले आफू संकटमा परेपछि एकताको नाटक गरेको बताए ।उनले आफूहरु ओलीको जालझेलमा नफस्ने पनि जिकिर गरे । संसद् पूनःस्थापना हुने देखेपछि ओलीले एकताको लागि नाटक गरेको र चाल चालेको पनि खतिवडाको भनाई छ ।

पार्टी एकताको लागि अध्यक्ष ओलीको ६ बुँदे प्रस्ताव, २०७५ जेठ ३ गतेको अवस्थामा फर्किने प्रतिबद्धता (एकताको आह्वानपत्रसहित)

उनले भने,”हामी ओलीको यो जालझेलमा अब फस्दैनौं । अर्को कुरा, हामीले कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउने भनेर गरेको हस्ताक्षर पनि फिर्ता लिदैनौं । उहाँले अहिले आफू संकटमा परेपछि यस्तो प्रस्ताव फालेको हो । आजमात्रै होईन, उहाँले हाम्रो मान्छेमार्फत यो प्रस्ताव हिजो अस्ति नै पठाईसक्नुभएको छ । अब हामी ओलीसँग कुनै हामी सम्झौता गर्दैनौं ।”

 



प्रतिक्रिया दिनुहोस्