Logo

जेठ ३ अघिकै अवस्थामा फर्कन ओली तयार



काठमाडौं, जेठ २४ । नेकपा एमालेलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थामा फर्काउन अध्यक्ष केपी ओली तयार भएका छन् । आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उनले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन् ।

ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने बताएका छन् । ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम