Logo

राष्ट्र बैंकले दियो आरटीजीएस प्रणाली कारोबार पुर्णरुपमा संचालन गर्न निर्देशन



काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले काठमााडौ रियल टाइम सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार पुर्ण रुपमा संचालन गर्न निर्देशन दिएको छ । जेठ २५ गतेदेखि जेठ मसान्तसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फछ्यौटका लागि साताको सबै कारोबार संचालन गर्न बैंकले निर्देशन दिएको हो ।

बैंकले २०७८ असार १ गतेदेखि अर्को सुचना जारी नभएसम्मका लागि साताको सबै कारोबार दिनहरुमा संक्षिप्त बिजनेस डे शुक्रबार एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट दिउसो २ बजेसम्म कायम हुने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्