Logo

मेरो कारणले एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड



काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कारणले गर्दा नेकपाको एकता प्रयास सफल नभएको भनेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन् ।

हिजोमात्रै ओलीले एमालेको एकताको लागि आह्वान गरेको प्रस्तावमा दाहालको कारण नेकपाको एकता प्रयास सफल हुन नसकेको उल्लेख गरेका थिए । त्यसको जवाफमा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot