Logo

मन्त्री क्वार्टरबाट सुटकेश र ब्याग लिएर मोटरसाइकलमा निस्किए जीतेन्द्र सोनल



जनकपुर, २४ जेठ । प्रदेश २ का निवर्तमान मन्त्री जीतेन्द्र सोनल मन्त्री क्वार्टरबाट आज बाहिरिएका छन् । उनी सुटकेश र ब्याग बोकेर मोटरसाइकलमा घर फर्किएका हुन् ।

सोनलले मोटरसाइकलको पछाडि बसेर मन्त्री क्वार्टर छाडेका थिए । उनलाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार मन्त्रीबाट हटाएका थिए ।

जनता समाजवादी पार्टीभित्र विवाद चर्किएपछि राउतले महन्थ ठाकुर समूहका ३ मन्त्रीलाई हटाएका थिए । प्रदेश २ मा उपेन्द्र यादव पक्षधर बलियो छ ।



प्रतिक्रिया दिनुहोस्