Logo

माधव नेपाललगत्तै देउवालाई भेटे प्रचण्डले



काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । यसअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसपामा उनले आफू २०७५ जेठ ३ गते फर्कन तयार रहेको उल्लेख गरेका थिए ।

तर, नेता नेपाल पक्षले भने ओलीको प्रस्तावलाई अस्विकार गर्ने संकेत गरिसकेको छ । नेपाल पक्षधर प्रभावशाली नेताहरुले सामाजिक सञ्जालमार्फत ओलीको प्रस्तावलाई आफूहरुलाई अलमल्याउनको लागि ल्याईएको बताएका छन् । एमालेभित्र एकताको प्रयासपछि प्रचण्डको सक्रियता बढेको हो ।

अहिले कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भएर उभिएका छन् । उनीहरु जसरी पनि ओलीलाई विस्थापित गर्ने उद्देश्यका साथ अघि बढेका छन् । आज दाहालले नेता नेपाल र देउवासँग पनि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेको बुझिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot