Logo

गाँजासहित युवक पक्राउ



काठमाडौं, २४ जेठ । अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । बिदेह नगरपालिका–६ तिनकोरिया बजारबाट १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट र २० ग्राम अवैध लागूऔषध गाँजा सहित सवैला नगरपालिका–१२ सतिखर बस्ने २२ वर्षीय मो।इरफान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot