Logo

सूर्य थापाको दाबी : देउवासँग ११२ जना सांसदपनि पुग्दैनन् (भिडिओसहित)



काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तोकिएकै मितिमा निर्वाचन हुने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुन्छ । पुष ५ गतेपछि फागुन ११ गते सर्वोच्च अदालतबाट पूनःस्थापना भएको प्रतिनिधिसभाले केही गर्न सकेन् । समय खेरमात्रै गयो । त्यसो भएको हुनाले फेरि पूनःस्थापना गर्दा फेरि समय खेर जाने हो । र, त्यो भन्दा खराब अवस्था सिर्जना हुन्छ ।”‘

उनले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा १ सय १२ जनापनि सांसद संख्या नपुग्ने दाबी गरे । उनले भने,‘कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको एक सिट जोडेर जम्मा देउवाको पक्षमा १ सय ११ जना मात्रै संख्या पुग्छ ।’



प्रतिक्रिया दिनुहोस्