Logo

पाकिस्तानमा २ रेलबीच प्रतिस्पर्धा हुँदा झन्डै ३० जनाको मृत्यु, ५० घाइते



कराची, २४ जेठ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार २ रेल एकआपसमा ठोकिदा झन्डै ३० जनाको मृत्यु भएको छ ।  दुर्घटनामा ५० जना घाइते भएको पाकिस्तानका रेलवे का प्रवक्तालाई उद्र्वत गर्दै भारतीय मिडीया वेबदुनियाले जनाएको छ ।

अधिकारीको अनुसार कराचीबाट सरगोधा जादै गरेको ‘मिलात एक्सपे्रश’ र रावलपीडिंबाट कराचीतीर आइरहेको ‘सर सैयद एक्सपे्रश’ पटरियोमा एक आपसमा ठोकिएका हुन् । दुर्घटना सिन्धको घोटकी जिल्लाको धारकी शहर नजिक भएको हो। रेल दुर्घटना भएपछि घोटकी, धारकी, ओबारो र मीरपुर माथेलोको अस्पतालमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।

अधिकारीहरूले दुर्घटनामा पल्टिएका बोगी भित्र फसेका मानिसहरूलाई बाहिर निकाल्न पनि कठिनाईको भएको बताइरहेका छन् । अधिकारीहरुको अनुसार बोगीमा फसेका यात्रुहरूको उद्धार गर्न निकै कठिनाई चुनौती भैरहेको छ।

अधिकारीहरूले दुबै रेलहरूमा १ हजार भन्दा बढी यात्रुहरू रहेको राहत र उद्धार को लागि अधिकारीहरू घटनास्थल पुगेका दाबी गरेका छन् । दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरीसकेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot