Logo

नेप्सेमा झिनो अंकको गिरावट, १५ अर्बको कारोबार



काठमाडौं, २४ जेठ । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार झिनो अंकले घटेको छ । सोमबार (आज) नेप्से परिसुचक  ०.२१ अंकले घटेर २९ सय ६ दशमलव ७० विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ५२० दशमलव ६३ विन्दुमा रोकिएको हो ।

नेप्से परिसुचक अनुसार आज २२१ कम्पनीका १ लाख ५१ हजार ९४२ पटक शेयर कारोबार भएर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ बराबरको कारोबार भएर ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्