Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २४ जेठ । आज नेप्सेमा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ बराबरको कारोबार भएर ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने ३ कम्पनीहरु रहेका छन् । सोमबार आइसीएफसी फाइनान्सको १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सेन्ट्रल फाइनान्सको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सको पनि आज प्रतिकित्ता ४९ रुपैयाँले शेयरमुल्य बढेर ५३९ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, आज कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडवील फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ट फाइनान्स कम्पनी, गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, समृद्धी फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र साग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्