Logo

नेप्सेमा आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, २४ जेठ । शेयर बजारमा आज १५ अर्ब ८१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेप्सेको अनुसार कम्पनीको प्रतिकित्ता शेयरमुल्य शेयर मुल्य २६ रुपैयाँले बढेर १९ सय १ रुपैयाँ कायम भई ६२ करोड १७ लाख बढीको रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, निफ्राको ४६ करोड ६२ लाख बढीको शेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ५७२ रुपैयाँ शेयरमुल्य कायम भएको हो । यसैगरी, नेशनल हाइड्रो पावर कम्पनीको २६९ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ४३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, आज लुम्बिनी विकास बैंक, कुमारी बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंकको शेयर कारोबार उच्च भएको छ ।



प्रतिक्रिया दिनुहोस्