Logo

माधव नेपाल र प्रचण्ड एउटै गाडीमा पुगे देउवा निवास, छलफल सुरू



काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का नेता माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगेका छन् । नेता नेपाल पार्टीको स्थायी कमिटीको बैठकलगत्तै दाहालसँग देउवा निवास पुगेका हुन् ।

स्रोतकाअनुसार नेपाल र दाहाल एउटै गाडीमा बुढानिलकण्ठ पुगेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उक्त प्रस्ताव आफूहरुलाई मान्य नभएको नेपाल पक्षधर नेताहरुको भनाई आइसकेको छ ।

अहिले केहीबेरमै नेपाल पक्षले ओलीको ६ बुँदे एकता प्रस्तावको जवाफ ६ बुँदेमा नै दिने भएको छ । नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने अडान लिइसकेका छन् । यही कुराको विश्वास दिलाउनको लागि नेता नेपाल र दाहाल अहिले देउवा निवास पुगेका हुन् । उनीहरुबीच छलफल जारी छ । file photo



प्रतिक्रिया दिनुहोस्