Logo

प्रदेश १ बजेट अधिवेशनः आर्थिक कार्यविधि ऐन संशोधन बहुमतले पारित



विराटनगर, जेठ २५ । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको पहिलो बैठकबाट आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बहुमतले पारित भएको छ । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले जारी गरेको प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश बहुमतले पारित भएको हो ।

त्यस्तै सो अध्यादेश प्रदेशसभा नियमावली अनुकूल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले प्रदेशसभा निमावली २०७४ को नियम १९७ को उपनियम १ बमोजिम प्रदेशसभा नियमावली २०७४ को नियम ११८ को उपनियमम ४ खारेजीको प्रस्ताव समेत बैठकले बहुमतले पास गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot