Logo

अभिकर्तालाई कर्जामा लगाइएको रोक फुकुवा गर्ने तयारी



विराटनगर, जेठ २५ । बीमा समिति अभिकर्ताहरूलाई कर्जा प्रवाह गर्न रोक लगाउने विषयबाट पछि हटेको छ । आइतवार मात्र अभिकर्ताहरूको कर्जा तिर्ने म्याद थप गरेको समितिले कर्जा प्रवाहमा फुकुवा गर्ने तयारी गरेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई नयाँ कर्जा प्रवाह गर्न फुकुवा गर्ने बताए । ‘अब अभिकर्ताहरूलाई पहिलाको जस्तो जथाभावी रूपमा कर्जा प्रवाह गर्न दिँदैनौं । निश्चित मापदण्ड र विधि पु¥याएर कम्पनीहरूले बीमा अभिकर्ताहरूलाई कर्जा प्रवाह गर्न सक्नेछन्,’ उनले भने, ‘अब हामीले छिट्टै त्यस्तो मापदण्ड र विधि बनाएर लागू गर्ने छौं ।’

समितिले गत वैशाख २ गते एक परिपत्र जारी गर्दै अभिकर्ताहरूलाई कर्जा नदिन कम्पनीहरूलाई निर्देशन दिएको थियो । साथै, प्रवाहित कर्जा पनि असार मसान्तभित्र नै असल गर्न निर्देशन दिएको थियो ।

यस विषयमा अभिकर्ताहरूको चर्को विरोध भएपछि समितिले आइतवार मात्र कर्जा तिर्ने म्याद थप गरिदिएको थियो । तर, नयाँ कर्जा दिन रोक लगाउने निर्णय भने यथावत् राखेको थियो । अहिले आएर समितिले अभिकर्ताहरूलाई मापदण्डसहित कर्जा प्रवाह गर्न दिने तयारी गरेको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्