Logo

नेपालमाथि जोर्डनको ३–० को जित



विराटनगर, जेठ २५ । विश्वकप फुटबल २०२२ को छनोट खेलमा जोर्डनले नेपालमाथि ३–० को अन्तरले जित हात पारेको छ । कुवेतमा छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा नेपालले जोर्डनसँग ३–० को अन्तरले हार बेहोरेको हो ।

जोर्डनले नेपालमाथि जितसँगै समूह बी को दोस्रो स्थानमा उक्लेको छ । उसले छ खेलबाट १३ अङ्क जोडेको छ । कुवेतले समान छ खेलबाट मात्र १० अङ्क जोडेको हो । जोर्डनको छनोट खेलमा लगातार यो चौथो जित हो ।

कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीन वटै गोल फ्रि किक र पेनाल्टी मार्फत् नै सम्भब बनायो ।

पहिलो हाफको सुरु देखि नै जोर्डनले आक्रामक खेल पस्केको थियो । तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो ।



प्रतिक्रिया दिनुहोस्