Logo

बोराभित्र कोचेर फालिएको अवस्थामा मानिसको घुँडा र खुट्टाको भाग भेटियो



काठमाडौं, जेठ २५ । काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र राखिएको अवस्थामा शव भेटिएको छ महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोराभित्र राखेर फालेको अवस्थामा मानव शवको घुँडा र खुट्टाको भाग फेला परेको हो ।

शवको केही भाग मात्रै फेला परेकोले घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । शव महिला वा पुरूष कसको भन्नेबारे खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनास्थलमा चिकित्सक टोली पनि गएको थियो । चिकित्सकहरू उक्त शव तीन साता पहिलेको हुनसक्ने अनुमान लगाएका छन् ।

शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि अहिले त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएका छन् । मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।

घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । घटनामा संलग्न रहेको आरोपमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्