Logo

सरकारमा जसपाबाट कथित ‘उच्च जात’का



काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी बढी मधेश केन्द्रित पार्टी हो । उसले मधेशको सीमान्तकृत समुदायको मुद्दालाई जोडतोडले उठाइआएको छ । तर, मधेशबाट सरकारमा जाँदा मधेशको कथित उच्च जातकाहरु नै जाने गरेका छन् ।

जसपाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ मन्त्री र २ राज्यमन्त्री पाएको छ । मन्त्री बनाइएकामा ८ पुरुष र २ मात्र महिला छन् । मुसलमान समुदायबाट एकजना मात्र छन् ।

मन्त्रीहरुमध्ये अधिकांश कथित उच्च जातिका छन् । उनीहरुको मधेशमा जनसंख्याको थोरैमात्र हिस्सा छ । मधेशमा सबैभन्दा बढी जनसंख्या रहेको यादव समुदायको कुनै प्रतिनिधित्व वर्तमान सरकारमा छैन ।

ब्राम्हण, राजपूत, कायस्थबाट ओली सरकारमा सहभागिता देखिएको छ । उनीहरु तराईमा कथित उच्च जातिमा पर्छन् ।

जसपाका नेताहरुले मधेशको कथित तल्लो जाति र समुदायको हकहितमा काम गर्दै आएको दाबी गर्ने गरेपनि अवसर र पद प्राप्त हुँदा कथित उच्च जातकै हालिमुहाली हुनेगरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot