Logo

केपी ओलीसँग खनिए विरोध खतिवडा : राजेन्द्र महतोको घरमा बिहान-बेलुका चाकडी गर्न जाने ?



काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता विरोध खतिवडाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले के कारणले अहिले आएर पार्टी एकताको लागि आह्वान गरेको भन्दै प्रश्न उठाएका छन् । ओलीको ६ बुँदे प्रस्ताव एकताको लागि भन्दापनि एकता भाँड्नको लागि आएको उनको भनाई छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता खतिवडाले आफ्नो पार्टीका १ सय २१ जना सांसदलाई छोडेर प्रधानमन्त्री ओली राजेन्द्र महतोको घरमा बिहान र बेलुका चाकडी गर्न जाने ? भन्दै कडा टिप्पणी गरेका छन् ।

उनले भने,‘संविधान जलाउनेलाई मन्त्रिमण्डल बनाउने ? रक्सौलको वीरगन्ज, पारीबाट ढुंगा हान्नेलाई सरकारमा लैजाने ? मेरो प्रधानमन्त्री त यति निरीह, मलाई त माया लागेर आउँछ हेर्नुहोस, दुई तिहाईको प्रधानमन्त्री, पार्लियामेन्टमा छाती फूलाएर हिँड्नुहुन्थ्यो, मलाई पनि गर्व लाग्थ्यो । अहिले हुँदाहुँद मत माग्न जाँदा ९३ जना ।’



प्रतिक्रिया दिनुहोस्