Logo

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङको चेतावनी : चर्को शुल्क लिने निजी अस्पताललाई कारबाही हुन्छ (भिडिओसहित)



काठमाडौं, २५ जेठ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले नेपाली जनता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।

उनले निजी अस्पतालहरुले तोकिएको मूल्यभन्दा बढि शुल्क लिन नहुने बताए । उनले सरकारले नेपाली जनतालाई स्वास्थ्यको पहुँच पुर्याउने पनि बताए । उनले पिसिआर परीक्षण अब निःशुल्क गर्ने पनि घोषणा गरे । उनले निजीले परीक्षण गर्दा २ हजार मात्रै लिनुपर्ने र त्यो भन्दा बढि लिएको पाईए कारबाही गर्ने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्