Logo

पत्रकार धमलाद्धारा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान (फोटोफिचर)



काठमाडौं, २५ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् । आज (मंगलबार) काठमाडौंको नयाँ गोंगबुमा होटेल मन्त्र र थकाली सेकुवा हाउसले आयोजना गरेको प्रथम रक्तदान कार्यक्रममा उपस्थित् भएर पत्रकार धमलाले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार धमलाले रगत दान गर्नु सबैभन्दा ठूलो पु०य कार्य भएको बताए ।

उनले भने,‘ रक्तदान गर्नु पुण्यको काम हो । पछिल्लो समय नेपालमा पनि रक्तदान कार्यक्रमहरु व्यापक रुपमा भैरहेका छन् । यो हामी सबैको लागि खुशीको कुरा हो । हेर्नुहोस, हामीले दिएको रगतबाट कसैले नयाँ जीवन पाउँछ । त्यसैले रक्तदान गर्न सबै तयार हुनुपर्छ । रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ भनेर चिकित्कहरुले भन्नुभएको छ । यसलाई सबैले आत्मसात् गरौं ।’

पत्रकार धमलाले देशभरिकाबाट आफूलाई पछिल्लो समय खाना पाएनौं भनेर फोन आउने गरेको उल्लेख गर्दै कोहीपनि नेपाली भोकले मर्न नपरोस भन्ने यसप्रति सरकार सचेत हुनुपर्ने धारणा राखे । उनले भने,‘म पनि नेपाली जनतालाई रोग र भोकबाट मर्न नदिने प्रतिबद्धता जनाउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्