Logo

माधव नेपालका शर्त स्वीकारेर त एकता हुँदैन् : सूर्य थापा



काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा (एमाले) का नेता सूर्य थापाले माधव नेपाल कुमार नेपालले अघि सारेका शर्त स्विकारेर अब एकता नहुने स्पष्ट पारेका छन् । उनले अब जेठ २ गतेको रटानको अध्याय सकिएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका हुन् । उनले लेखेका छन–”अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला। तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे!अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं।”



प्रतिक्रिया दिनुहोस्