Logo

महेश बस्नेतको खुलासा : प्रधानमन्त्रीले एकताको आह्वान गरेको दिन माधव नेपाललाई राति प्रचण्डको घर पुर्याईयो (भिडिओसहित)



काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । उनले ओलीले गरेको एकता प्रयासलाई माधव नेपाल पक्षधरका केही नेताहरुले सकारात्मक रुपमा लिएको सुनाए ।

तर, केही नेताहरुले भने ओलीले एकता आह्वान गरेकै दिन राति माधव नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा पुर्याएको पनि बस्नेतले खुलासा गरे । उनले भने,‘यो भन्दा अगाडि युवराजजीले धेरै कुरा राख्नुभयो, जसको बदनियत के छ ? भन्ने कुरा ईन्टरभ्यु सुन्दापनि हुन्छ । र, प्रधानमन्त्रीज्यूले जब आह्वान गर्नुभयो, त्यसपछाडि माधव नेपाललाई उहाँहरुले प्रचण्डको घरमा राति पुर्याउनुभयो । राति साँढे १०, ११ बजे । त्यसपछि उहाँहरुले हिजो दिउँसो शेरबहादुर देउवाको घरमा प्रचण्डको गाडी चढाएर लुकाएर पठाउनुभयो । अहिलेसम्मको घट्नाक्रम हेर्नुहोस, शेरबहादुर देउवाजी प्रचण्ड र माधव नेपाल दुवैको घरमा अहिलेसम्म जानुभएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्