Logo

विरोध खतिवडाको प्रश्नः ‘नाकाबन्दीविरुद्ध लड्ने सुशील कोइराला राष्ट्रघाती प्रधानमन्त्री बन्ने ओली राष्ट्रवादी ?’ (भिडियोसहित)



काठमाडौं, २५ जेठ । नेकपा एमालेको नेपाल-खनाल खेमाका नेता विरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमाथि प्रश्न उठाएका छन् । उनले नाकाबन्दीको डटेर सामना गर्ने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रघाती देखाउन खोजेको भन्दै आलोचना समेत गरे ।

‘सुशील कोइराला नाकाबन्दी हुँदा २ महिना लडेको हो, नाकाबन्दीको २ महिनापछि ओली प्रधानमन्त्री हुनुभयो,’ खतिवडाले ऋषि धमलासँग प्राइम्स टाइम टेलिभिजनमा भने,‘सुशील कोइराला चाहिं राष्ट्रघाती ओली चाहिं राष्ट्रवादी ?’

नाकाबन्दीको बखत देशभक्त नेपाली सबैले आ आफ्नो स्थानबाट विरोध गरेको बताए । ओलीले पछिल्लो समय नागरिकता विधयेक देखि ढुंगागिट्टी निकासीको कदम चालेर गम्भीर राष्ट्रघात गरेको आरोप लगाए । उनले भने,‘योभन्दा अर्को राष्ट्रघात अर्को हुनसक्दैन ।’



प्रतिक्रिया दिनुहोस्