Logo

माधव नेपाल समूहलाई गोकुल बाँस्कोटाले दिए ‘खरानी समूह’ को संज्ञा



काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल समूहलाई खरानी समूहको संज्ञा दिएका छन् । उनले नेपाल समूहले विधि, पद्धती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्रको जोगाउने भनेपनि त्यो अनुरुपको काम नगरेको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिँदा नेपाल समूहका १७ जना सांसदले फ्लोर क्रस गरेपछि बाँस्कोटाको यस्तो भनाई आएको हो ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना ११



प्रतिक्रिया दिनुहोस्