Logo

ओलीले एकताको लागि इमानदार प्रयत्न नगरेको वामदेव गौतमको आरोप, वक्तव्यमा आफ्नै प्रशंसा गरेको दाबी (वक्तव्यसहित)



काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि इमानदार प्रयत्न नगरेको आरोप लगाएका छन् । ओलीले पार्टी एकताको लागि आह्वान गरेलगत्तै नेता गौतमले यस्तो बताएका हुन् । उनले अध्यक्ष ओलीले वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरिएको पनि टिप्पणी गरेका छन् ।

गौतमले संसद् पूनःस्थापना भए वा प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुवै अवस्थाका चूनौतिलाई सामना गर्न एकताबद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिनेगरि छलाङ लगाएर अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ भनेर उल्लेखपनि गरेका छन् ।

हेरौं गौतमले जारी गरेको वक्तव्य



प्रतिक्रिया दिनुहोस्