Logo

केपी ओलीले गरेका विखण्डनकारी गतिविधि रोक्न प्रयत्न जारी छ : भीम रावल (भिडिओसहित)



काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का नेता भीम रावलले आफूलाई पार्टीबाट निश् काषन गरिएको कुरा अवैध भएको बताएका छन् । उनले आफू नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष भएको हुनाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको कुनै अर्थ नभएको पनि स्पष्ट पारेका छन् । उनले अध्यक्ष ओलीले अघि सारेको ६ बुँदे एकताको प्रस्तावलाई एकताको लागि नभएको पनि टिप्पणी गरे ।

बरु, ओलीको प्रस्ताव एकताभन्दापनि विभाजनको लागि आएको उनको दाबी छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष ओलीले गरेका विखण्डनकारी गतिविधि रोक्नको लागि आफूहरुले प्रयत्न गरेको र यो प्रयत्न अहिलेपनि जारी रहेको बताए ।

उनले भने, तर, के भईदियो भने, केपी ओलीले कसम खाएजस्तो छ-“नेपालको वामपन्थी आन्दोलनलाई कमजोर पार्ने, हाम्रो राष्टियतालाई कमजोर पार्ने, नेपालको संविधानलाई कुल्चिने, राष्टलाई अस्तव्यस्त बनाउने, उहाँको जुन गतिविधि छन्, त्यो अहिलेको ६ बुँदे प्रस्ताव हेर्नुभयो भने पनि उहाँले एकताकोलागि होईन, पार्टीलाई मिल्न नदिने, फुट, विभाजनको लागि ल्याएको हो ।”



प्रतिक्रिया दिनुहोस्