Logo

राष्ट्रिय आविष्कार केन्द्रलाई १० अक्सिजन सिलिण्डर सहयोग



२६ जेठ: वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमताका १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङलगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेका हुन् ।

समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो । दुई हप्ताको अवधिमा रु १९ लाख ५१ हजार कोरियन वन सङ्कलन भएको थियो । उक्त रकममध्येबाट १० वटा अक्सिजन सिलिण्डर खरिद गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताए । सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो । अक्सिजन सिलिण्डर खरिदपश्चात बाँकी हुने रकम पनि कोरोनापीडितकै लागि खर्च गरिने बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्