Logo

आज सुनचाँदीको मुल्य कति ?



काठमाडौ, २६ जेठ । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । हिजो प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा किनबेच भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदीको मुल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्