Logo

फरवार्ड माइक्रोफाइनान्सले ३ लाख ९४ हजार कित्ता शेयर लिलामी विक्रि गर्ने



काठमाडौं, २६ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले असार ३ गतेदेखि ३ लाख ९४ हजार कित्ता संस्थापक शेयर लिलामी विक्रिमा ल्याउने भएको छ । संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामी विक्रिमा ल्याउने भएको हो ।

शेयरको न्युनतम मुल्य ८ सय ५० रुपैयाँ कम्पनीले निर्धारण गरेको छ । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले असार १७ गतेसम्म तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न सक्नेछन् । संस्थाले बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्