Logo

ओलीबारे योगेशको टिप्पणी : खनाल र नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ–राजेन्द्रसँग गठबन्धन गर्ने



काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का नेता योगेश भट्टराईले पार्टीको एकताको जडबारे कुरा उठाएका छन् । उनले एकताको जडमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल नै भएको पनि बताएका छन् । उनले ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने कुरा पनि उठाएका छन् ।

उनले नेता खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउबा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भन्दै खनाल र नेपालको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्–’एमालेको एकताको मुल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्