Logo

क्याट्रिना कैफ र विक्की कौशल रिलेसनसिपमा रहेको खुलाशा



एजेन्सी, २६ जेठ । बलिउड चर्चित अभिनेत्री क्याट्रिना कैफ  र विक्की कौशलबीचको प्रेमको चर्चा विगत धेरै महिनादेखि चलिरहेको छ । यद्यपि उनीहरुले भने सम्बन्धको बारेमा हालसम्म पुष्टि गरेका छैनन् । तर आज एक अभिनेताले उनीहरुबीचको प्रेम सम्बन्ध रहेको खुलाशा गरेका छन् ।

अनिल कपुरका छोरा अभिनेता हर्षवर्धन कपुरले क्याट्रिना र विक्की कौशलले डेट गर्दै गरेको स्पष्ट पारेका हुन् । जुम ‘बाई इनभाइट वन्ली सिजन २’ मा कुराकानीको क्रममा हर्षवर्धनले क्याटरीना र विक्की कौशल सँगै रहेको दाबी गर्दै भने, ‘क्याटरीना र विक्की कौशल सँगै छन् । उनीहरुको बारेमा बाहिर चलिरहेको खबर सत्य हो ।’

लामो समयदेखि क्याट्रिना  र विक्की कौशल प्रेम सम्बन्धका कारण चर्चामा थिए । केही दिन अगाडी मात्र विक्कीको कार क्याटरिनाको घरमा पार्किङ गरिएको थियो । उनीहरु हाल सँगै बस्छन् भन्ने चर्चा चलेको समयमा हर्षवर्धनले यस्तो खुलाशा गरेका हुन् । विगत केही समयदेखि दुवैजना विभिन्न स्थानमा भेट्ने गरेपनि हाल भने सँगै बस्न लागेको बुझिएको छ । फ्यानहरु भने क्याट्रिना  र विक्की आफैले सम्बन्धको बारेमा पुष्टि गर्ने पर्खाइमा छन् ।

क्याट्रिना कैफको फिल्म ’सुर्यवंशी’ २०२० मा नै रिलीज हुने भनिए पनि हालसम्म कोरोना महामारीको कारण रिलिज हुन सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्