Logo

उपप्रधान एवम् परराष्ट्रमन्त्री महासेठसँग भारतीय राजदुत क्वात्राको भेटवार्ता



काठमाडौं, २६ जेठ । उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठसँग नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेर राजदुत क्वात्राले उपप्रधानमन्त्री महासेठसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताको क्रममा राजदूत क्वात्राले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भएकोमा महासेठलाई बधाई  दिएका हुन् । भेटवार्ताको क्रममा राजदुत क्वात्राले भारतीय विदेमन्त्री एस. जयशंकरले पठाएको बधाई सन्देश समेत ज्ञापन गरेका थिए । द्धिपक्षीय हितका विषयमा उनीहरुबीच कुराकानी भएको जनाईएको छ । भेटका क्रममा कोभिडविरुद्धका खोपको विषयमा पनि कुराकानी भएको थियो । Photo By: MOFA of Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot