Logo

मन्त्री चौधरीद्वारा विभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन



काठमाडौं, २६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीलाई मन्त्रालयअन्तर्गत रहेको महिला बालबालिका बिभागले आज ब्रिफिङ गरेको छ । आज बुधबार पुल्चोकस्थित् बिभागको कार्यालयमा बिभागका निर्देशक दुर्गादवी देवकोटा पौडेलले एक कार्यक्रमकोबीच विभागका गतिविधिबारे जानकारी गराएकी हुन् । उनले विभागको औचित्य, आगामी चूनौति, अवसर र विगतदेखि गर्दै आएका गतिविधिका बारेमा बिधिबत रुपमा जानकारी गराएकी थिईन् ।

त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । परिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहने व्यवस्था छ । मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरेकी छिन् ।

सो अवसरमा मन्त्री चौधरीले विभागबाट प्रदान गरिँदै आएको सेवामा कुनै पनि ढिलासुस्ती नगरी कार्य सम्पादन गर्न निर्देशन दिएकी हुन् । उनले उनले विभागअन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट मात्रै पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनुपर्नेमा उनले जोड दिएकी थिईन् । घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिति अझैपनि पूर्ण रुपमा बनिनसकेको दुःखदायी अवस्थाको अनुभव आफुले गरेको भन्दै उनले त्यसका लागि बिभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परीणाम आउनेगरि काम गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयकी सचिव याम कुमारी खतिवडा ज्युको समेत सहभागिता रहेको थियो । कार्यक्रम बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुली को अध्यक्षता सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्