Logo

नेप्सेमा आज दोहोरो अंकले गिरावट, १७ अर्बको कारोबार



काठमाडौं, २६ जेठ । नेप्सेमा आज दोहोरो अंकले गिरावट आएको छ । साताको चौथौ दिन (बुधबार) नेप्से १३ दशमलव ५६ अंकले घटेर २९ सय ५८ विन्दुमा रोकिएको छ । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले घटेर ५२५ दशमलव २८ विन्दुमा रोकिएको छ ।

नेप्से परिसुचक अनुसार आज २२१ कम्पनीको १ लाख ५५ हजार २३९ पटक कारोबार भएर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्