Logo

बुधबार यी कम्पनीका लगानीकर्ताले कमाए धेरै



काठमाडौं, २६ जेठ । आज शेयर बजार १३ अंकले ओरालो लागेपनि केही कम्पनीका शेयरमुल्यमा उच्च बृद्धि भएको छ । नेप्सेको अनुसार आज १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो ।

सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । कम्पनीको लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । आज ३८ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेर ४२० रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ९१ रुपैयाँले शेयरमुल्य बढेर १ हजार ६ रुपैयाँ अन्तिम मुल्य कायम भई ९.९५ प्रतिशतले शेयरमुल्य बढेको छ ।

यसैगरी, आज रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत भन्दा बढीले बढेका छन् भने गोर्खाज फाइनान्स, गुडवील फाइनान्स कम्पनी लगायतको आज शेयरमुल्यमा उच्च बृद्धि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्