Logo

नवनियुक्त पर्यटनमन्त्री अरगरियाद्धारा त्रिभुवन विमानस्थलको अवलोकन (फोटोफिचर)



काठमाडौं, २६ जेठ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् । आज उनी मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, र विमानस्थल कर्मचारीसहित मन्त्री अरगरिया आज विमानस्थलको अवलोकनमा पुगेका थिए ।

अवलोकनको साथै मन्त्री अरगरियाले विमानस्थलको नवनिर्मित आगमन कक्षको समेत उद्घाटन गरेका थिए । मन्त्री अरगरियाले अवलोकनको क्रममा कर्मचारीहरुलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिनुको साथै कोभिड महामारीलाई ध्यानमा राखेर स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गराउन पनि निर्देशन दिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्