Logo

नेविसंघका कार्यकर्तालाई रिहाई गर्न महामन्त्री तिमिल्सिनाको माग



काठमाडौं, २६ जेठ । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले शान्तिपूर्ण प्रतिकात्मक विरोध प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेको र बिना कारण पक्राउ गरेको भन्दै विरोध जनाएका छन् । उनले पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाईको मागसमेत गरेका छन् ।

उनले जनाएअनुसार आज पुतलीसडकमा शान्तिपूर्ण प्रतिकात्मक बिरोध प्रदर्सनमा उत्रिएका नेविसंघ शंकरदेव क्याम्पसका नेताहरु दिपक ओझा, मिलन खतिवडा, सोम मल्ल, आदित्य काफ्ले, सुदिप अधिकारी, लोकेश कुँवरलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्