Logo

दक्षिण अफ्रिकी महिलाबाट एकैपटक १० शिशुको जन्म



एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ७ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व किर्तिमान हो ।

यसअघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् । २९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट बच्चा निकालिएको हो । उनले गर्भमा बच्चा रहँदा निकै सास्ती पाएको जनाएकी छिन् । कतिपय राति निदाउन नसकेको बताएकी छिन् । यसअघि उनको गर्भमा ८ वटा शिशु रहेको भनिएको थियो ।

गिनिज वल्ड रेकर्डले यसबारे अध्ययन गरिरहेको जनाएको छ । यसअघि एकैपटक ८ शिशुलाई अमेरिकामा एकजना महिलाले जन्म दिएकी थिइन् । गत महिना मालीकी २५ वर्षीया हलिमा सिसेले ९ शिशुलाई जन्म दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्