Logo

रहेनन् पूर्वमहालेखा परीक्षक अधिकारी



काठमाडौं, जेठ २७ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन्। उनका दुई छोरा र एक छोरी छन् ।



प्रतिक्रिया दिनुहोस्