Logo

सुनको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, २७ जेठ । नेपालमा आज सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन ३ सय रुपैयाँले घटेर आज प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

आज चाँदीको मुल्य भने ५ रुपैयाँले बढेको छ । हिजो १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्