Logo

‘लिलिबेथ’ को नाममा विवाद किन ?



बेलायती राजकुमार ह्यारी र डचेज अफ ससेक्स मेघनले आफ्नी छोरीको नाम ‘लिलिबेथ डायना माउथबेथन–विन्डसर’ राखे । बूढी हजुरआमा महारानी एलिजाबेथ र दिवंगत हजुरआमा राजकुमारी डायनाको नाममा नवजात शिशुको न्वारान गरिएपछि अमेरिकाको क्यालिफोर्निया, सान्ता बारबरा नजिकै बस्दै आएको यो जोडीलाई विश्वभर बधाईको ओइरो लाग्यो ।

छोरी जन्मनुअघि ह्यारी र मेघनले हजुरआमा महारानी एलिजाबेथसँग कुराकानी नगरेका पनि होइनन् । तर बगिङ्घम दरबारले नवजात नातिनीको नामबारे कुनै कुराकानी नगरेको खुलेपछि पश्चिमा अनलाइनले ‘हेडलाइन’ को खेतीपाती गरेका छन् ।

स्मरणीय के छ भने बेलायती महारानी एलिजाबेथको पारिवारिक नाम पनि ‘लिलिबेथ’ नै थियो । उनलाई नितान्त आत्मीय र नजिककाले मात्र त्यो नाम लिएर बोलाउँछन् । तत्कालीन राजा जर्ज पाचौंले उनलाई प्रेमपूर्वक ‘लिलिबेथ’ भनेर बोलाउँथे ।

पछिल्लोपटक संगिनी एर्ल माउथबेथनको अन्त्येष्टिमा श्रद्धाञ्जलि स्वरूप एलिजाबेथ स्वयंले ‘लिलिबेथ’ भनेर हस्ताक्षर गरेकी थिइन् । ह्यारीले बुबासँग खटपट हुँदै आएको खुलाए पनि हजुरआमासँग भने नियमितजसो भिडियो कल हुने जनाएका थिए ।

ह्यारी र मेघनको पहिलो सन्तान लिलिबेथ महारानी एलिजाबेथकी ११ औँ पनाति–पनातिनी हुन् । लिलिबेथका दुई दाजु आर्चीको छालाको रङलाई लिएर विभिन्न टीकाटिप्पणी गरेपछि मेघन र ह्यारीले बेलायती सञ्चारमाध्यमको नश्लीय र जातिवादी चियोचर्चोबाट वाक्क–दिक्क भएको बताएका थिए । एजेन्सी

Photo Source: https://www.cbsnews.com/



प्रतिक्रिया दिनुहोस्