Logo

नबिल बैंकले पायो ३ अर्बको ऋणपत्र निष्काशन गर्ने अनुमति



काठमाडौं, २७ जेठ । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले बैकलाई ८ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो ।

कुल इकाई मध्ये १८ लाख इकाई बैंकले व्यक्तिगत तरिकाले विक्रि गर्ने र बाँकी १३ लाख इकाई सर्वसाधारणका लागि खुला हुने बैंकले जनाएको छ । बैंकले ऋणपत्र बिक्रि तथा प्रबन्धकको जिम्मा हिमालयन क्यापिटललाई दिएको छ ।



प्रतिक्रिया दिनुहोस्