Logo

कोरोना महामारीमा कामकाजी महिलाले यसरी राख्नुस आफ्नो ध्यान



जब महिलाहरू स्वस्थ हुन्छन्, तब मात्र तिनीहरूले परिवारको स्वास्थ्यको हेरविचार गर्न सक्दछन्।

एजेन्सी, २७ जेठ । पछिल्लो समयमा महिलाहरुले घर–गृहस्थीको साथै अफिसको काम वा व्यवसाय पनि सम्हालेका छन् । दोहोरो भुमिकाको कारण आफ्नो फिटनेशमा ध्यान दिन सक्दैनन् । जसको कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्छ । यदि थोरै समय आफ्नो लागि निकाल्न सकेमा महिलाहरुले आफुलाई फिट र स्वस्थ राख्न सक्छन् । आज हामी दैनिक दिनचर्यामा सजिलै गर्न सक्ने केही उपायहरुको बारेमा चर्चा गर्छौै ।

सीढिको प्रयोग गर्नेः यदि तपाईको कार्यालय माथिल्लो तलामा छ भने लिफ्टको प्रयोग नगरेर सीढिको प्रयोग गर्नुपर्छ । सीढि चढ्दा तपाईको स्वास्थ्य राम्रो हुन्छ ।

अत्यधिक मात्रामा पानी पिउनेः कार्यालयमा धेरै जसो चिया कफि पिउछौ तर यसले हानी गर्छ । यसको सट्टा पानी प्रशस्त पिउनुपर्छ । दिनभर कम्तीमा पनि १० गिलास पानी एक वयस्क व्यक्तिले पिउनुपर्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन र डिटाक्सिफिकेशन पनि हुन्छ । सम्भव भएसम्म ग्रीन टि पिउनुहोस् । मौसम अनुसार फलफुलको रस, शर्बत पानी पनि लिन सकिन्छ ।

अफिसमा हिड्ने गर्नुहोस्ः सामान्यतया वर्तमान समयमा कम्प्युटर वा ल्यापटपमा बेसेर दिनभर काम गर्छौ । तर स्वास्थको लागि दिनभर बसेर काम गर्नु हानी हो । समय–समयमा कुर्सीबाट उठेर हिड्ने गर्नुपर्छ ।

समयमै खाना खानेः केही मानिसहरु काममा धेरै व्यस्त हुने भएकोले खाने पिउनको समयमा ध्यान दिँदैनन् । खानामा बढी डाइट लिनु भन्दा सन्तुलन डाइट लिनु उत्तम हुन्छ । मसालेदार खाना भन्दा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र फाइबर भएको खानाले पोषक तत्व पुर्ति हुन्छ ।

खाजामा रोटी, तरकारी, दही, सलाद आदि लिनु उचित हुन्छ। खाना खाने समयमा केहि समय काम गर्न बन्द गर्नुपर्छ । जब महिलाहरू स्वस्थ हुन्छन्, तब मात्र तिनीहरूले परिवारको स्वास्थ्यको हेरविचार गर्न सक्दछन्।



प्रतिक्रिया दिनुहोस्