Logo

ढाड नचल्ने निनाले यसरी गरिन् पिएचडि



चुनौतिसँग डराउने होइन सिक्ने हो । –नीना निजर

एजेन्सी, २७ जेठ । नीना निजर  हाड सम्बन्धि एक दुर्लभ रोगबाट पिडित छिन् । रोगको कारण उनी चल्न सक्दिनन् । तर त्यत्ति धेरै समस्या भएपनि उनले जिन्दगीका चुनौति सामना गर्न तयार हुन्छिन् । निबन्ध, पेन्टिग र वाद विवाद प्रतियोगिताबाट पनि उनले धेरै पुरस्कार हात पारेकी छिन् ।

नीनाको जन्म दुबईको एक व्यवसायी अब्दुल करीम नीजरको घरमा भएको थियो । उनी एक वर्षको भएपछि उनको हड्डीहरु कमजोर भएको पत्ता लागेको थियो । त्यत्तिबेला देखि नै उनी हिड्न नसकेकी हुन् । उनलाई डाक्टरहरुले भिटामिन डि को कमी भएको बताएपछि उनको धेरै पटक सम्म सर्जरी पनि भयो तर उनलाई कुनै पनि उपचारका विधिले काम गरेन् । पछि भारतको चेन्नई, लन्डन, अमेरिकामा पनि सर्जरी भयो तर कतैको उपचारले उनलाई ठिक गराउन सकेन् । र उनी दुबई फर्किइन । कतै उपचार नभएपनि निराशा नभएकी निनाले दुबईमा नै एमफिल गरिन् ।

पछि निनाले अशक्त बच्चाहरुको लागि उत्प्रेरित गर्नमा समय खर्चन थालिन् । बच्चाहरुको लागि प्रेरक कक्षा संचालन गर्न थालिन् । त्यसपछि उनले अमेरिकाका एक पुरुषसँग विवाह गरिन् । र दुई सन्तानको आमा बनिन् । तर उनका दुई सन्तानलाई पनि निनालाई जस्तै रोग लाग्यो । उनीहरुलाई अमेरिकाको जेसन फाउण्डेशनमा उपचार भयो ।

यस्तो परिस्थितिको बिचमा पनि निनाले दबईबाट अमेरिका सिफ्ट भएर युएस युनिर्भसिटिबाट एजुकेशन लीडरसीपमा पीएचडी (विद्यावारिधी) गरेकी छिन् । हाल नीनाको उपचार र संघर्ष दुवै एकसाथ चलिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्