Logo

अष्ट्रेलियामा अध्ययनरत सुजन बानियाँद्धारा ३२ घरधुरीलाई खाद्यान्न सहयोग



तनहुँ, २७ जेठ । कोरोना महामारीमा बन्दिपुर गाउँपालिका वडा न २ का ३२ घरधुरी परिवारलाई अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत सुजन बानियाँले खाद्यान्न सहयोग गरेका छन् । जेठ २७ गते वडा प्रतिनिधिको रोहवरमा कोरोना संकट बढेसँगै समस्यामा परेका एकल महिला, अपांग र अशक्त गरी ३२ घरधुरी परिवारलाई सुजनका हजुरबुवा मोहन बानियाँले १ बोरा चामल, एक पोका तेल र एक पोका नुनका दरले खाद्यान्न वितरण गरेका हुन् ।

सुजनका हजुरबुवा मोहन बानियाँले अध्ययन गर्न गएको नातिले अष्ट्रेलियाबाट पठाएको रकमले कोरोना महामारीको अफ्ठेरो परिस्थितीमा सहयोग गरेको बताए । उनले भने, ‘कोभिड–१९को महामारीको कारण समस्या भएका एकल महिला, अपांग र अशक्त परिवारलाई थोरै भएपनि खाद्यान्न वितरण गरेर मलम लगाएका हौ ।’

सुजनकी आमा फुलमायाँ बानियाँले छोराले अष्ट्रेलियाबाट पठाएको ५० हजार रुपैयाँ बराबरको खाद्यान्न बन्दिपुर गाउँपालिकाका वडा नं २ का ३२ घरधुरीलाई हस्तान्तरण गरेको बताइन् । उनले भनिन् ‘प्रत्येक परिवारलाई १ बोरा चामल, १ पोका नुन र १ पोका तेल वितरण गरेका हौं ।’

५ वर्ष अगाडी बन्दिपुरबाट अष्ट्रेलिया गएका सुजन हाल सिड्नीमा स्नातकोत्तर तहमा अध्ययन गर्दैछन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्