Logo

‘आजदेखि म एकदम आनन्दित मोडमा छु’ : राजकिशोर यादव



जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता राजकिशोर यादवले आफू अहिलेपनि पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । आफू सुरुदेखि नै एकताको पक्षमा उभिँदै आएको बताउँदै उनले अहिले जसपालाई कमजोर पार्न विभिन्न शक्तिहरु लागेको पनि दाबी गरेका छन् । उनले यसअघि भएको मन्त्रिपरिषद् पूनर्गठनमा नपर्दा आफू असन्तुष्ट भएको भन्ने समाचारमा कुनै सत्यता नभएको पनि जिकिर गरे । हिजो (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता यादवसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँ सरकारमा जानुएन किन जानुभएन ?

अहिले म सरकारमा जान ईच्छुक थिईनँ । म त सबैभन्दा पहिले पार्टीको एकतालाई कसरी बचाउन सकिन्छ ? र, अर्को जुन हाम्रो आान्दोलन हो त्यो आन्दोलनलाई कसरी मजबुद बनाउन सकिन्छ भन्नेमा नै लागिपरेको थिएँ । सरकारमा जाने मेरो कुनै ईच्छा भएन । म त पार्टीको एकताको लागि केही काम गर्नुपर्छ भन्ने लाईनमा हो । सुरुमा सरकारमा जानुपर्छ भन्ने साथीहरुको अर्को लाईन बन्यो । उहाँहरु जानुभयो त्यति हो ।

तपाईँ एकताको लागि लागिपरेको नेता हो । तर, सरकारमा जान नपाईसकेपछि तपाईँको असन्तुष्टि बाहिर आयो नि त ? महन्थ ठाकुर र राजेन्द्र महतोसंग असन्तुष्टि बढेको हो ?

यस्तो छ–म एकदम जिम्मेवारीपुर्वक के निवेदन गर्न चाहन्छु भने हिजो तपाईकै एउटा अनलाईनमा राजकिशोर असन्तसष्ट छ भन्ने कुरा आयो । म विल्कुल असन्तुष्ट छैन । बरू, म एकदमै खुःशी छु । यसले मलाई राजनीतिक रुपमा फाईदा गर्यो । त्यसैले अनलाईन मिडिया र सामाजिक सञ्जाल चलाउने साथीहरूलाई पनि के निवेदन गर्न चाहान्छु भने–हाम्रो पार्टीभित्र महन्थ ठाकुरजी अध्यक्ष हुनुहुन्छ । तपाईँ एक जना नेतालाई सोध्नुहोस् राजकिशोरजीले मन्त्री बन्छु भनेर भनेको हो र ? त्यसैले मैले उहाँहरुसंग पनि कहिल्यैपनि मन्त्री बन्छु भनेर भनेको होईन । हिजो पनि हामी त निर्णायककै तहमा थियौँ । र अहिले पनि छौँ । यदि मलाई ईच्छा भएको भए म उहाँहरुसंग यो कुरा त शेयर गर्थैं होला नि ? त्यसैले यो विल्कुलै होईन । हाम्रो पार्टीको भूमिका कसरी प्रभावकारि बनाउन सकिन्छ ? पार्टीभित्र पनि एउटा विधि, प्रक्रिया कसरी बसाउन सकिन्छ ? भन्नेमा लागिपरेका छौं । दुई वटा पार्टी मिलेर बनेको एकतालाई कसरी अगाडि बढाउन सकिन्छ ? भन्नेमा ध्यान दिनुपर्छ । त्यसैले म अलिकति यतातिर काम गर्न ईच्छुक र त्यसमा बढि आफुलाई आनन्द आउने भनौं न । त्यसमा बढि आफुलाई केन्द्रित गरेको छु ।

उसो भए तपाईँ सरकारमा नजानुको कारण चाहीँ के त ? तपाईँले मन्त्राय नपाएर की उपेन्द्र यादवसंग लागेको भनेर पार्टीले विश्वास नगरेर ? ठ्याक्कै भन्नुहोस न ?

यी दुईवटै कारण होईनन् । मुल कारण हो म ईच्छुक नभएर मुल कारण म अहिले ईच्छुक छैन भन्ने मेरो राजनीतिक बुझाई होला । त्यो भयो त्यसैले यहाँ त के छ भने नि–या त मैले कतै भनेको हुनुपर्छ तपाईँले भन्नुभया,े मन्त्री नपाएर हो की भनेर पनि भनियो । तर, मैले त्यसको लागि प्रयास गरेको हुनुपर्छ नि त । तपाई एक जना नेता कसैलाई सोध्न्नुहोस् कि–राजकिशोरले तपाईँहरुलाई कहिले यसरी प्रस्ताव गरेको थियो ? मलाई लाग्छ उहाँहरुले त्यो किमार्थ भन्नुहुन्न । त्यसैले विषय के हो भने या त पार्टीभित्र छलफलको विषय बन्छ बन्नुपर्छ भन्ने मेरो अहिले पनि बुझाई हो । अहिले विभिन्न प्रकारका प्रोपाकाण्डहरु कहिले यता गयो कहिले उता गयो । कहिले उसंग मिल्यो, कहिले त्योसंग मिल्यो ।

तपाईँ त उपेन्द्र यादवतिर गईसक्नुभयो अरे ? तपाईँले त पाँच जना सांसद् लिएर यादव पक्षतिर जानुभयो भन्ने कुरा बाहिर आएको छ नि ? यसमा सत्यता हो त ?

यस्तो छ–राजनीतिलाई यसरी हल्का ढंगले कृपया नलिऔं । यसले गर्दा हाम्रो देशकमो राजनीति नै वृग्रीयो त्यसकारणले मदेशको दुर्भाग्य के हो भने रानीतिलाई हामीले यस्तो कारोवारी बनाईसक्यौँ । राजनीतिलाई यस्तो उपभोक्तावादी चिन्तनबाट हेर्ने दृष्टिकोण निर्माणमा गर्यो, यसले दीर्घकालीन रूपमा क्षति गर्छ । त्यसैले विषय के हो भने राजकिशोर अहिले पनि पहिले जहाँ थियो त्यहीँ छ ।

त्यसोभए तपाँई महन्थ ठाकुर समुहमा नै हुनुहुन्छ ?

यो त समुहको कुरै होइन । म त सुरुदेखि जसपालाई एक कसरी बनाउने भन्नेमा छु । तपाईँलाई म आज गोप्य कुरा भन्छु । त्यो दिनपनि पार्टीको एकता कसरी जोगिन्छ भनेर म लागेको थिएँ, जुन दिन हाम्रा साथीहरुको सपथग्रहण हुँदै थियो । त्यसको बिहानपनि पार्टीको एकतालाई कसरी जोगाउने भन्ने संवादमा थियौँ । त्यसैले विषय के हो भने यसलाई अन्य अर्थले बुझ्नुहँुदैन । अहिलेको लागि म यत्तिमात्रै भन्छु । म मा कुनै पनि खालको असन्तुष्टी छैन । मैले मन्त्री बन्नै चाहेको थिईनँ । साथीहरुको विभिन्न खालका आरोपहरु लगाउने उनीहरुको बुझाई हो । तर, अहिले म यो खेलमा कसले कसलाई बनाएन ? को बनाईएन भन्दा पनि म अलवेज नो ईन्टे«स्टेड । म अहिले होईन, भोली हेर्छु । म अहिले यत्तिमात्रै भन्छु ।

तपाँईँको पार्टी त फुटिसक्यो नि ? अब कसरी एकता सम्भव होला र ?

तपाँईँहरुलाई के लाग्छ भने ब्ल्याक एण्ड ह्वाईट भन्नुहुन्छ । हामी नेताहरुलाई पार्टी कसरी बन्छ ? हामी त्यो आन्दोलनबाट आएका हौँ । तिनीसंगै लडेका साथिहरुको झल्झली अनुहार सम्झिरहेको छु । त्यसैले यो यत्ति गम्भीर र संवेदनशील विषय हो । हाम्रो पार्टीमा समस्या छ । हाम्रो पार्टीलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने शक्तिहरु विभिन्न तरिकाले लागिरहेका छन् । म यतिमात्रै भन्छु–कुनै प्रकारको राजनीतिरूपमा खुःशी भन्ने आनन्द भन्ने कि म ठिक ठाउँमा छु भन्ने मेरो निश्कर्ष हो ।

पार्टी फुट्यो भने त्यतिखेर तपाँई कता हुनुहुन्छ भन्नुहोस् न त ?

अब यसपछि के गर्ने ? कसरि गर्ने भन्नेबारे म छलफलमा छु ।

तपाईँको भूमिका के हुन्छ ? तपाईँ उपेन्द्रतिर जानुहुन्छ कि महन्थतिर ठ्यक्कै भन्नुहोस् न ?

हामी जसपाको नेता हौं । र, हामी जसपामा छौँ ।

जसपा त फुटिसक्यो नि ? तपाईँले एक बनाउन सक्नुभएन नि ?

ऋषिजी प्लिज अहिले म यत्तिमात्रै भन्छु कि म जहाँ थिएँ, त्यहीँ छु । त्यसैले अहिले पनि मेरो प्रयास के रहन्छ भने साथीहरु अहिलेपनि संवेदनशील र गम्भीर भएर एउटा तुनालाई समातेर होईन समग्रतामा हामी कम्तिमा २०६२÷०६३ तिरको राजनैतिक घट्नाक्रमलाई स्मरण गरौँ । कसरी र के गर्दा राम्रो हुन्छ अनि मुलुकको हित हुन्छ ? के गर्दा हामीले यो समाजलाई लिड गर्न सक्छौँ, त्यसमा मेरो ध्यान केन्द्रीत हुन्छ । अहिले कुनै प्रकारको मेरो असन्तुष्टी छैन । र मलाई यसले राजनैतिक रुपमा फाईदा गरेको छ भन्ने मेरो बुझाई हो । अब कसरि जाने अब के हुन्छ यो भनेको गम्भीर विषय हो । यो अब मिडियामा बोलेर होईन । त्यसकोलागि आजदेखी म रेस्ट मोडमा छु । एकदम आनन्दित मोडमा छु । आजबाट म भेटघाट गर्छु र कस्तो गर्दा राम्रो हुन्छ यो घटनाहरु कसरी घटित भयो । यो घटनाले पार्ने प्रभावहरु के–के हुन ? र समग्रतामा समिक्षा गर्छौं र एउटा निश्कर्षमा पुग्छौँ । त्यसैगरि अगाडि बढ्छौँ भन्ने कुरा निवेदन गर्न चाहन्छु ।

नोट : यो अन्तर्वार्ता प्रकाशसन हुँदासम्म यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । अहिले चार बजे सपथ कार्यक्रम राखिएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्