Logo

खाल्डोमा लुकाई राखेको बन्दुक बरामद



मकवानपुर, २७ जेठ । प्रहरीले खाल्डोमा लुकाई राखेको बन्दुक बरामद गरेको छ । भिमफेदी गाउँपालिका–८ महाभिर गाउँस्थित सार्वजनिक खाली जग्गाको खाल्डोमा लुकाई राखेको १ थान एकनाले भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

उक्त स्थानमा बन्दुक लुकाई राखेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्