Logo

ओली सरकारमा ८ मन्त्री थपिए (नामावलीसहित)



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ८ जना मन्त्री तथा राज्यमन्त्री थपेका छन् । योसहित प्रधानमन्त्री ओलीसहित कुल २५ जना मन्त्रिमण्डलमा रहेका छन् ।

आज थपिएकामा गृहमन्त्री खगराज अधिकारी वरियतामा पाचौं स्थानमा राखिएका छन् । उनी ओलीका विश्वासपात्र हुन् ।

राजकिशोर यादव उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापा सञ्चार, ज्वालाकुमारी साह कृषि, नारदमुनी राना वन, गणेशकुमार पहाडी सामान्य प्रशासन, मोहन बानिया प्रधानमन्त्री कार्यालय र आशाकुमारी वि.क. वनराज्यमन्त्री छन् ।

थपिएका मन्त्रीहरु
खगराज अधिकारी, गृह
राजकिशोर यादव, उद्दोग
नैनकला थापा, सञ्चार
ज्वालाकुमारी साह, कृषि
नारदमुनी राना, वन
गणेशकुमार पहाडी, सामान्य प्रशासन
मोहन बानिया, प्रधानमन्त्री कार्यालय
आशाकुमारी वि.क., वनराज्यमन्त्री



प्रतिक्रिया दिनुहोस्