Logo

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवतीको रहस्यमयी मृत्यु



झापा, २७ जेठ । झापाको दमकमा लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवतीको रहस्यमयी मृत्यु भएको छ । प्रतिष्ठानमा अध्ययरत इलामकी सेजला कोइरालाको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवती प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । प्रहरीको अनुसार साझ ५ बजे सेजलाको फोन नउठेपछि साथीहरु उनको कोठामा पुग्दा शौचालयमा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजादै गर्दा सेजलाको बाटोमै मृत्यु भएको हो ।

सेजल एक्लै दमक नगरपालिक –५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी थिइन् । युवतीका परिवारले नसोचेको र रहस्यमयी मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्